
धरान,
सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्काीेले वीपीमा उपचार सप्तरीका व्यक्तिको मृत्यु भएको पुष्टि गरे । ‘एक जनाको मृत्यु भएको हो, शवलाई के गर्ने भनेर नेपाली सेनासंग समन्वय भइरहेको छ,’ कार्कीले जानकारी दिए ।
मृतक प्रदेश २ को भएपनि प्रदेश १ मा उपचारको क्रममा मृत्यु भएको पहिलो व्यक्ति हुन् । त्यसैले संक्रमितको शव व्यवस्थापन कहाँ र कसरी गर्ने भनेर निर्णय लिन केही समय लाग्ने प्रशान कार्यालय प्रमुख कार्कीले बताए । ‘शव व्यवस्थापनबारे प्रमुख जिल्ला अधिकारी संग समन्वय भइरहेको छ । प्रदेश १ मा पहिलो मृत्यु भएकेले पनि केही समय लाग्छ,’ कार्कीले भने ।
https://www.youtube.com/watch?v=0_MgXsCTLOU&t=541s