समाचारसमाज

छोरीलाई करणी गरेको आरोपमा बावु पक्राऊ

झापा,

नावालिका छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राऊ परेका छन् । एक महिना यताबाट पटक – पटक करणी गरेको आरोपमा प्रहरीले आरोपीलाई पक्राउ गरेको हो । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ घर भई हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय बावुलाई नाबालिका छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना विवरण अनुसार आरोपितले पटक – पटक छोरीलाइ करणी गरेको स्थानीयहरु बताउँछन् । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

खबरपश्चात इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई तत्काल नियन्त्रणमा लिइएकोे जिल्लाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए । १२ वर्षिया नाबालिका छोरीलाइ करणी गरेको आरोपमा बावुलाइ नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरी थापाले बताए । घट्नापछि मानव अधिकारका लागि महिला एकल महिला झापाले शुक्रबार मुद्दा दर्ता गराएको समूहकी अध्यक्ष रेखा अधिकारीले बताईन् ।

आमा पहिले नै घर छाडेर हिडेकी र पीडितको ६ वर्षिया बहिनी मात्र भएकाले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको अध्यक्ष अधकिारीले जानकारी दिइन् । पीडित बालिकालाइ एकल महिलाद्धरा सञ्चालित छहारी घरमा राखिएको एकल महिलाकी अध्यक्ष अधिकारीले बताईन् ।

https://www.youtube.com/watch?v=e4dhOknmvn4&t=195s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button