समाचारस्वास्थ्य

थप ५७ जनामा कोरोना भाइरस पुष्टि, एक सय ३ निको भएर घर फर्किए

काठमाण्डौं

थप ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेकोे डाक्टर गौतमले जानकारी दिए ।
क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा ५ हजार ८ सय २५ जना रहेको गौतम डाक्टरले बताए । कोरोना निको भएर शनिबार १ सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना बाट निको हुनेको संख्या नेपालमा ११ हजार ६ सय ३७ जना पुगेको छ ।

https://www.youtube.com/watch?v=0_MgXsCTLOU

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button