समाचारसमाज

खसी चोरेर भाग्दै गर्दा युवा पक्राऊ

मोरङ्घ,

खसी चोरी गरी मोटरसाईकलमा राखेर भाग्दै गर्दा एक जना युवा पक्राऊ परेका छन् । मोरङ्घ जिल्लाको रंगेली २ बाट असार ३ गते शनिबार करिब ४ बजे तिर को १५ प १२०८ नम्बरको मोटरसाईकलमा खसी लैजादै गर्दा मोरङ प्रहरीले युवालाई पक्राउ गरेको हो । रंगेली लक्ष्मीपुर टोल बाट बेलबारी नपा ८ बस्ने बर्ष ३६ को नगर खवास पक्राऊ परेका हुन् ।

खवासले को. १५ प १२०८ नम्बरको मोटरसाईकलको पछाडी राखेर कालो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा प्रहरी चौकी बबियाबिर्ता बाट गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच तथा सोधपुछ गर्दा उक्त खसी जिल्ला मोरङ बेलबारी नपा ८ डाँगीहाट बाट चोरी गरी ल्याएको भन्ने खुलेको थियो । खसी चोरेको पत्ता लागेपछि मोटरसाईकल सहित खवासलाई प्रहरीले निन्यत्रणमा लिएको प्रहरीले जानकारी दिए । मोटरसाईकला सहित खवासलाई निन्यत्रणमा लिई ईलाका प्रहरी रंगेलीमा ल्याई सोधपुछ गरी बेलबारी ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=XLiX6Lp4g-8

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button