
धरान,
लकडाउनका कारण लाङ्घाली सामुदायिक वनको भवनमा राखिएका सडक मानवहरूलाई श्रावण १ गते देखि माया घरले रेखदेख साथै व्यवस्थापन गरिरहेको छ । कोरोनाको संक्रमण फैलने संगसंगै लकडाउन लम्भिने डरले सामुदायिक भवनमा राखिएकोे सडक मानबहरु दिर्घकालिन व्यवस्थापनको लागि संघ संस्था मध्ये उपमहानगरपालीका संगको सहकार्य तथा वैठकबाट माया घर नेपालले रेखदेख गर्ने भएको हो । व्यवस्थापनको लागि ८३ जना मानवहरूलाई २०७७ श्रावण १ गते देखी लागुहुने गरि सम्झौता भएको असार ४ गते आईतबार सोही भवनमा पत्रकार सम्मेलन गर्दै माया घर नेपालले जानकारी दिएको छ ।
थप व्यवस्थापनको कार्यमा स्थानीय निकायबाट बिगतमा गरेको सहकार्यमा निरन्तरता दिनको लागि र धरान उपमहानगरपालिकालाई चाडै नै सडक मानव रहित नगर निर्माण कार्यमा सहकार्यको लागि पत्रकार सम्मेलन मार्फत माया घरकी अध्यक्ष राधिका दासीले अनुरोध गर्नुभएको छ ।सहयोगी मन र दाताहरूबाट नै प्रमुखरूपमा चलेको माया घरको स्थायी आम्दानी र कुनै प्रोजेक्ट नभएकोमा धरान निवासी दानदाता ,संघ संस्था तथा स्थानिय राजनैतिक दल , सामाजिक संस्थानहरूलाई सहयोग तथा सहकार्यको लागि संस्थाकी सचिव शुभद्रा प्याकुरेलले आग्रह गर्नुभएको छ ।यश अघि लाङ्घाली सामुदायिक वन र सडक मानव व्यवस्थापनले संरक्षण गर्दै १ सय ५३ जना सडक मानवहरूलाई व्यवस्थापन गर्दै आएको थियो । हाल जुनियर माया घर ,लियो कल्व अफ ईटहरी मनकामना ,लियो कल्व अफ धरान बुढासुब्बा ,महिला संंञ्जाल धरान लगायतको संघसंस्थाले सहयोग गरिरहेकोे छ ।
माया घर नेपाल सेवा गर्न सकिने कार्यहरू
१० खाना ,खाजा ,औैैैैषधि ,उपचार ।
२० योगा , सबै आश्रृतहरूको व्यक्तिगत विवरण तयार गर्ने ।
३० पुर्नस्थापना गर्न सकिनेलाई स्थाई पुनस्थापना गर्ने ,मेलमिलाप गराउने ।
४० जेष्ठ ,अपागं ,महिला ,बालबालिकाहरूलाई उचित व्यवस्थापन गर्ने ।
५० दिर्घ बिरामी ,अति अशक्तहरूलाई उपचार गर्ने ।
६० लत्ताकपडा ,तथा क्षमताको आधारमा सिपमुलक तालिम सञ्चालन गर्ने ।
७० मानवअधिकार मैत्री ,माया घर सेवा स्थल निर्माण गर्ने ।
८० धरान उपमहानगरपालिकालाई चाडै नै सडक मानव रहित नगर निर्माण गर्ने ।
https://www.youtube.com/watch?v=0_MgXsCTLOU