समाचारस्थानीय

अवैध रुपमा भारतबाट ठूलो परिमाणमा नेपाल ल्याउदै गरेको माछा प्रहरीको नियन्त्रणमा

इटहरी,

अवैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको माछा प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको माछा नियन्त्रणमा लिएको हो । भारतबाट नेपाल भित्राउने क्रममा सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले मागुर जातको माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १८ एवं पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को दफा १७ बमोजिम गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्थाको विपरीत भएकाले मागुर जातको माछा नेपाल ल्याइँदै गरेको अवस्थामा पक्राउ गरिएको उपरिक्षक थापाले बताए । विस्तृत जानकारी दिन जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सोमबार पत्रकार सम्मेलन गर्ने बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button