
मोरङ,
जिल्ला प्रहरी कार्यालय मोरङद्धारा अवैध काठ बरामद गरेको छ । साउन ४ गते आईतबार अन्दाजी २ बजे मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं.४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरी विराटनगरतर्फ लैजादै गरेको अवस्थामा पहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा ऋच्ख् कटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको कटहरी गाउँपालिका वडा नं.२ स्थित आदर्श टोलबाट रंगेली नगरपालिका ३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, त्यस्तै सोही नगरपालिका ६ रामपुर बस्ने बर्ष २० को सह चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउने पहल भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ ।
https://www.youtube.com/watch?v=aX6UV_0uUJE&t=49s