थप एक सय ८६ जनामा कोरोना संक्रमण , सुनसरीमा ६ जनामा पुष्टि

धरान,
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् । साउन ५ गते(आज) सुनसरीमा ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २ जना र कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परिक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता प्रा. डा.गौतमले प्रेस ब्रिफिङमा जानकारी दिए ।
विपि प्रतिष्ठानमा संक्रमित हुनेहरूमा एक जना प्रतिष्ठानकै एमबिबिएस पाँचौ वर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतबाट आएकी छात्रा रहेकि छिन भने अर्का एक जना प्रतिष्ठानको आइसियुमा उपचाररत जनकपुरका वृद्ध रहेका छन् । संक्रमण देखिएका दुबैलाइ प्रतिष्ठनकै आसोलेसनमा स्थानान्तरण गरिएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा रामधुनी नगरपालिकाका २ जना महिला र इटहरी उपमहानगरपालिकामा रहेका २ जना पुरूषमा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी कार्यालयकी फोकल पर्सन सिर्जना लिंथेपले जनाएकी छिन् । इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्र र रामधुनीका दुवै महिलालाई कोशी कोभिड १९ अस्पताल विराटनगर पठाइएको पनि लिंथेपले जानकारी दिइन् ।
साउन ५ गते –आज) १ सय ७३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यो सँगै अहिले सम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ जना पुगेको डा. गौतमले जनाएका छन् । उनले ५ हजार ९ सय ३६ जना कोरोना संक्रमपतको विभिन्न अस्पतालका आइसालेसनमा राखी उपचार भइरहको पनि जानकारी दिएका छन् ।