
धनकुटा,
अविरल बर्षाले लेउती र गर्जुवा खोलामा आएको बाढीका कारण साँगुरीगढी गाउँपालिका –७ गर्जुवा गाउँको वस्ती जोखिममा परेको छ । दुवै खोलाको संगम स्थलमा रहेको ९ घर वस्ती जोखिममा परेको हो । निरन्तर पानी परेपछि खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गर्न थालेको स्थानीयले बताएका छन् । खोलामा पानीको वहाव वढिरहेको कारण स्थानीय त्रासमा रहेका छन । केही स्थानीय आफन्तको घरमा सर्न थालेका छन् ।
वस्तीमा रहेको घरपरिवारका वासिन्दा लेउती खोलामा वालुवा चालेर जिविकोपार्जन गर्ने मजदुर हुन् । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत अवरुद्ध गरेको छ । वर्खायाममा यो भन्दा अगाडी पनि कोशी राजमार्ग पटक – पटक बवरुद्ध हुदै आएको थियो । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिलो जाने गर्छ । सोही पहिरोको माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको स्थानीय बताउँछन् ।
सडक डिभिजन कार्यालयले वाटोको पहिरो पन्छाउन डोजर परिचालन गरेको छ । त्यस्तै गर्जुवा भन्दा केही पर रहेको सिस्नेमा पनि बाढीको जोखिममा छ । कोशी कोेरिडोरको माटो पानीले वगाएर वस्ती हुँदै कोशी राजमार्गमा ल्याएर थुपारेपछि साउन ५ गते सोमबार (आज) बाटो केहिबेर अवरुद्ध भएको थियो भने माथिबाट आएको पहिरोले धनकुटा नगरपालिकाको गाडी समेत पुरेको स्थानीयहरुको भनाई छ ।
https://www.youtube.com/watch?v=d878ONBNCrA&t=193s