
काठमाण्डौं,
साउन ६ गते मंगलबार १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोे २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले जानकारी दिएका छन् ।
साउन ६ गते (आज) ६ सय ९ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यो सँगै अहिले सम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको डा. गौतमले जनाएका छन् । उनले ५ हजार ५ सय ७७ जना कोरोना संक्रमपतको विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहको पनि जानकारी दिएका छन् ।