राजनीतिसमाचार

वीपी कोईरालाको ३८ औ स्मृती दिवस धनकुटामा

धनकुटा,

वीपी कोईरालाको ३८ औं स्मृती दिवस धनकुटामा मनाएका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सस्थापक वीपी कोईरालाको ३८ औ स्मृती दिवस साउन ६ गते धनकुटामा नेपाली कांग्रेसको आयोजनामा मनाइएको हो । दिवस कार्यक्रम को अवसरमा वीपीको बिचार अहिले पनि सान्र्दभिक भएको कांग्रेसी नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,मनोनित सचिव रविन्द्र नेपाली,सहसचिव सिता प्रधान,कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना लगायतले वीपीको योगदान बारेमा चर्चा गर्दै वीपी प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा वीपीको जिवनी वारे नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले प्रकाश पारेका थिए । वीपीको तस्वीरमा माल्यपर्ण गर्दै उनको विचार अहिले पनि सान्र्दघिक रहेको भन्दै दिवसमा सहभागी भएका कांग्रेसका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

https://www.youtube.com/watch?v=GgC5nesdZVU&t=255s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button