
धनकुटा,
उद्योग वाणिज्य संघ धनकुटाद्धारा उद्योगी,व्यापारी र व्यावसायीहरुका लागि हेल्प डेस्क संचालनमा ल्याइएको छ । करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा वाणिज्य संघले साउन ६ गते मंगलबार (आज) देखि हेल्प डेस्क तयार गरी संचालन ल्याएको हो । बाणिज्य संघले कर बुझाउन आउने उद्योगी व्यापारी तथा व्यावसायीलाई कर सम्बन्धी जानकारी गराउने भएको छ । कर कार्यालयको समन्वयमा कर सम्बन्धी सहजीकरण गरी सहयोग गर्ने लक्ष्यका साथ धनकुटामा डेस्क संचालनको शुभारम्भ बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले गरेका हुन् ।
हेल्प डेस्क शुभारम्भ कार्यक्रमको अवसरमा करदाता सेवा कार्यालयका प्रमुख रमेश ढकाल, बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,रेवती प्रसाद अधिकारी,सुनिता थापा,उज्वल कर्माचार्य लगायतले हेल्प डेस्क संचालनले उद्यमी,व्यावसायी र व्यापारीलाई करको वारेमा जानकारी हुने र कर समयमा नै बुझाउनका लागि उत्साहित गर्ने र अन्य विषयहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
डेस्कमा बाणिज्य संघले दुई जना लक्ष कर्मचारीहरु परिचालन गरेको छ । उनीहरुले उद्योगी,व्यापारी तथा व्यावसायीहरुलाई करको वारेमा जानकारी गराउने र कर बुझाउन आउनेलाई कर बुझाउनका लागि सहजीकरण गरी सहयोग गर्न शुरु गरेको बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले बताए ।
https://www.youtube.com/watch?v=voSUUVCUolw