
धरान,
कोरोनाका कारण लामो समय सम्म भएको बन्दाबन्दी साउन ६ गते मध्येरातीबाट खुेलेपनि लामो दुरकिो सवारी भने भदौ १ गतेपछि मात्र खुल्ने भएको छ । निजी सवारीको हकमा जोर विजोर प्रणाली हटाईएको छ । मंगलबार पत्रकार सम्मेलनमा लकडाउन बारे जानकारी दिदै सरकारका प्रवक्ता एवं अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएको हो । भदौ १ बाट एक जिल्लाबाट अर्को जिल्ला सम्म तथा लामो दूरीको निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइने सरकारको निर्णय भएको उनले जानकारी दिए ।
सरकारले जेठ २९ बाट जोर विजोर प्रणाली अनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो । भदौ १ सम्म उपत्यकाको हकमा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु रहेको र बाहिरको हकमा सम्बन्धित जिल्ला भित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ ।