जीवन शैलीसमाचारस्थानीय

रिलायन्समा जिवन बिमा गर्ने घिसिङ परिवार सम्मानित

धरान,

रिलायन्समा जिवन बिमा गर्ने घिसिङ परिवार सम्मानित भएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरानले जीवन वीमा गर्ने घिसिङ परिवारलाई सम्मान गरेको हो । इटहरी – ६ बस्ने भरत घिसिङ, उनका श्रीमती सुधा तामाङ, छोरा प्रतिक घिसिङ र छोरी नाइसा घिसिङलाई रिलायन्सले धरान शाखामा साउन ६ गते मंगलबार एक कार्यक्रमका वीच सम्मान गरेको छ । घिसिङले श्रीमती, छोरा र छोरीको १/१ करोडको जिवन वीमा गरेर परिवार र समाजमा जीवन वीमा सबैले गर्नुपर्छ भन्ने सकारत्मक सन्देश फैलाउन भूमिका निर्वाह गरेको भन्दै घिसिङ परिवारलाई सम्मान गरिएको धरान शाखाका प्रमुख सुजेन्द्र तामाङ गोलेले बताए । उनीहरुलाई रिलायन्सका क्षेत्रीय प्रबन्धक राजन निरौला र शाखा प्रमुख तामाङले खदा र ट्रफी तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रबन्धक निरौलाले जीवन वीमा गर्न अपरिहार्य नै भएकाले सबै नागरिकको जीवन वीमा गराउन रिलायन्स सदैव सकृय रहंदै आएको बताए ।

रिलायन्सले आफूहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै घिसिङले आफ्नो परिवारको जीवन वीमा गराउन सफल भएकोमा ढुक्क भएको र थप केही गर्ने हौसला मिलेको सम्मानित भरत घिसिङले बताए । घिसिङले भने मेरो भावी पुस्ता नातानातिनीको पनि यसरी रिलायन्स लाइफ इन्स्योरेन्समै जीवन वीमा गर्ने इच्छा रहेको छ । विदेशमा जीवन वीमा अनिवार्य रहेको तर नेपालको तुलनामा वीमा कम्पनीवाट दिइने सुविधा भने न्यून रहेको अनुभव उनले सुनाए । सम्मानित घिसिङले पुराना दिनहरु सम्झन्दै भने धरान शाखाका प्रमुख सुजेन्द्र तामाङले मेरो विवाह गराउन पनि मद्दत गर्नु भएको थियो, र अहिले जीवन वीमा मार्फत मेरो छोराछोरी र परिवारको भविष्य समेत सुरक्षित बनाइदिनु भएकोमा उहाँ प्रति धन्यवाद र आभार व्यक्त गर्दछु ।

सम्मान कार्यक्रमको अवसरमा धरान शाखाले गोल्ड स्ट्याण्र्डड पर्फमर अवार्ड पाउन सफल भएको भन्दै क्षेत्रीय प्रबन्धक निरौलाले शाखा प्रमुख तामाङलाई अवार्ड प्रदान समेत गरेको थिए । अवार्ड ग्रहण गर्दै प्रमुख तामाङले शाखाका कर्मचारी र सबै एजेन्सी मेनेजर, एडिओ र रिलायन्स साथी सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे । धरान शाखाका मार्केटिङ अफिसर सावित्री सिग्देलद्धारा सञ्चालित कार्यक्रममा रिलायन्सका इटहरी शाखा प्रमुख विनोद कार्की, इनरुवा उपशाखा प्रमुख अर्जुन मेहता, एजेन्सी मेनेजरहरु डा. चुडामणि पोखरेल, दया खड्का, सुमित्रा राई, अनिता यादव, शुभनारायण बनैत, मनकुमार राई, रमा कुमारी जिमी, टिका शशंकर, पवित्रा चोङवाङ, मौनता तामाङ, त्यस्तै कर्मचारी सुजु राई लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button