समाचारसमाज

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ओखलढुंगा,

जबस्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राऊ परेका छन् । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका –७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका –७ घर भएका २६ वर्षिया चुने भन्ने राम शाहलाई २३ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका –६ स्थित सन्जु होटलको कोठामा शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी उपरिक्षक रुपेश थापाले जानकारी दिए । घट्नाको थप अनुसन्धान गरिरहेको उपरिक्षक थापाले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button