समाचारसमाज

नेपाल पत्रकार महासंघ धनकुटाद्धारा अक्षयकोष स्थापना

धनकुटा,

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकारहरुलाई विपदको बेला सहयोग गर्ने उद्येश्यले अक्षय कोषको स्थपना गरेको छ । महासंघले २ लाख २ हजार २ सय २२ रुपैयाको अक्षय कोष स्थापना गरेको हो । कोष स्थापना गरेको महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए । केही बर्ष अगाडी स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोषलाई बढाएर २ लाख २ हजार २ सय २२ रुपैया पुर्याएको उपाध्यक्ष नगेन्द्र राईले बताए ।

त्यस्तै महासंघले आफ्नो कार्यलयको २ महिनाको सटर भाँडा समेत नलिने निर्णय गरेको नेपाल महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले जानकारी दिए । त्यस्तै कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका पत्रकारहरु लाई महासंघको तर्फ बाट सहयोग गरेको र अक्षय कोष स्थापना गर्दा सहयोग गर्ने सबै लाई महासंघको तर्फ बाट धन्यवाद समेत सचिब विदुर खवासले दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button