
धरान,
राज्यले भूपू सैनिकको सामजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय गलत गरेको भूपू सैनिकहरुले आरोप लगाएका छन् । भूपू सैनिकले सुरक्षा भत्ता नपाउने भएपछि राज्यलाई निर्णय सच्याउन संघीय भूतपूर्व सैनिक संघले माग गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चनिकट संघीय भुपु सैनिक मञ्च, नेपालले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै राज्यले आफ्नो निर्णय सच्याए अघि नबढे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘भुपु सैनिकले भत्ता नपाउने भएपछि धराने भुपू सैनिक निराश छन्’, राष्ट्रिय संयोजक गजेन्द्र चोङवाङ क्याकले भने, ‘निर्णय नसच्याए मेचीदेखि महाकालीसम्मका भूतपूर्व सैनिकहरु भेला भएर चरणबद्ध आन्दोलन गर्न हामी बाध्य हुनेछौं ।’
राज्यले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक, भारतीय गोर्खा भुपु सैनिक र सिंगापुर भुपुलाई सामजिक सुरक्षा भत्ता नदिने निर्णयले सबै भुपु मर्माहत भएको जनाउँदै यस्तो विभेद हटाइयोस् भन्दै इलाका प्रशासन कार्यालय धरानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएको पत्रकार सम्मेलनमा जानकारी गराए । ब्रिटिस गोर्खा सैनिक र उनीहरूको सन्तानको नेपाली नागरिकता राज्यले निरन्तरता गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
खम्बुवान राष्ट्रिय साझा मोर्चाका अध्यक्ष भुपी कोयुले राज्यले पहिलादेखि नै भुपु सैनिकलाई विभेद गर्दै आएको जिल्ला अध्यक्ष भुपेन्द्रसुन्दर लावतीले बताए । ‘पहिलादेखि नै राज्यले भुपु सैनिकलाई विभेद गर्दै नै आएको छ तर अब पाउँदै आएको सेवासुविधामा पनि विभेद गर्न थालेकाले बिभेद अन्त्य गर्न आन्दोलनको तयारी गरिएका हौं ।’ अध्यक्ष लावतीले भने । ‘यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट पाउने सामजिक सुरक्षा भत्ता पाउनबाट बन्चित् हुने छन् । केही समय अगाडी मन्त्री परिषदको बैठकमा भूपू सैनिकले खाई पाई आएको भत्ता रोक्ने निर्णय गरेको भन्दै त्यस्ता विभेदपूर्ण निर्णय राज्यले तुरुन्त सच्याइयोस् भनिएको छ ज्ञापन पत्रमा ।’