समाचारसमाज

धरानमा दुई किलो गाँजासहित युवा पक्राऊ परे

धरान,

सुनसरीको धरानमा २ किलो गाँजा सहित युवा पक्राऊ परेका छन् । धरान उपमहानगरपालिका वार्ड नं. २० बिष्णुपादुका स्थित अस्थायी प्रहरी चौकी बिष्णुपादुकाले गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

साउन ८ गते बिहिबार राती ८ बजेको समयमा धनकुटा सागुरीगढी ९ बस्ने सुजन राईले साथमा बोकेको झोला चेकजाँच गर्दा सो झोला भित्र प्लाष्टीकमा लुकाई राखेको अबस्थामा २ किलोग्राम प्रतिवन्धित लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

साउन ९ गते शुक्रबार (आज) जिल्ला अदालत सुनसरीमा म्याद थप गरी लागु औषध गाँजा मुद्धाको अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button