जीवन शैलीसमाचार

आज नाग पञ्चमी पर्व

काठमाडौं

घरका ढोकामा नागचित्र टाँसेर पूजाआजा गर्दै आज नागपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा नागपञ्चमी मनाउने गरिन्छ । यसदिन घरको मूलढोकामाथि नागचित्रमा दही, दुवो, लाजासहित चन्दन अक्षता नैवेध धुप, दीप विधिपूर्वक पुजा गर्ने चलन छ ।
श्रावण १० गते आज शनिबार नागपञ्चमी मनाइरहँदा सांस्कृतिक परिवर्तन आइसकेको बुढापाका तथा संस्कृतिविद्ले महसुश गरेका छन् । ब्राम्हणले आफ्नै हातले नागचित्र बनाएर जजमानका घरमा गई घरका मूलढोकादेखि अरु ढोकामा समेत ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागचित्र पछिल्लो समय ‘प्रिन्ट’ भएर आउने गरेको छ ।

नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले विधिविधान र पुरानो रितिथितिअनुसार नागपुजा गर्न नै कठिन हुने गरेको बताए । ‘विधिविधानअनुसार पुजाआजा गर्न खोजे पनि अहिले शहरी भेगमा गाईको शुद्ध दुध र गोबर तथा दुबोे अभाव हुन थालिसकेको छ,’ उनले भने, ‘कतिपय सामग्री जुटाउनै कठिन हुन थालिसकेको छ । नाग टाँस्दा डबल अथवा सिक्का प्रयोग गर्ने चलन छ ।’ पहिलेपहिले घरघरमा गाईवस्तु हुन्थे । जसका कारण सजिलैसँगै दुध, दही र गोबर पाउन सकिन्थ्यो तर पछिल्लो समय आफ्नै घरमा नपाएपनि दुध, दही र गोबरसमेत किन्न मिल्ने अवस्थामा आइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button