अर्थ खबरसमाचारस्थानीय

तरहरादेखि धरान तीनकुने सम्मको ६ लेन सडक निर्माण शुरु,चारकोशे जंगलको चौध सय रुख काटिँदै

धरान,

तरहरादेखि धरानको तीनकुनेसम्मको ६ लेन सडक निर्माणको काम शुरु भएको छ । सडकमा पर्ने चारकोशे जंगलको १ हजार ४ सय रुखहरू काटिने भएका छन् । बिच जंगलको रुख काटिने भएपछि रोकिएको ६ लेन सडक विस्तारको काम शुरु भएको हो । अहिले तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्मको सडक विस्तारको लागि सडकभित्र पर्ने रुख कटान गर्न थालेको छ ।
तरहरादेखि धरानसम्म चारकोसे झाडीको ९ किलोमिटर ६ लेन सडक निर्माणको ठेक्का लागेसँगै १४ सय रुख काटिने भएको हो । सडक विस्तारको क्रममा चारकोशे जंगलमा रहेका रुखहरू कटान गर्ने कार्य शुरु भएको ६ लेन सडक आयोजना इटहरीले जनाएको छ । स्काभेटर तथा अन्य औजारहरूको प्रयोग गरी सडक निर्माणमा बाधक रहेका काँचा रुखहरू काट्न थालिएको हो ।

विराटनगरको रानीभन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको क्रममा इटहरी र धरानबीचको सडकमा रहेका १४ सय रुख कटान हुने भएको हो । कटान हुने रुखको सङ्ख्यासहित अहिले सडक आसपासका रुख काट्न शुरु गरिएको ६ लेन सडक आयोजना इटहरीले जनाएको छ । लामो समयदेखि ठेक्का नलागेको ९ किलोमिटर सडकको काम शुरु भएको ६ लेन सडक आयोजना कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिएका छन् । तरहरादेखि धरानसम्मको चारकोशे जंगलको सडक भने ४ लेनको मात्र हुने शर्माको भनाई छ । ‘यहाँ धेरै रुख कटान हुने भएको कारण वन विभागले तोकेको भन्दा थोरै रुख काट्ने तयारीमा छौं’–उनले भने ।

वन विभागको स्वीकृतिमा सडक विस्तार गर्न चारकोशे झाडीमा पहिलो चोटी एकै पटक १४ सय रुख काट्न गर्न लागिएको ६ लेन सडक आयोजनाका प्रमुख शर्माले बताए । प्रमुख शर्माले भने, ‘सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ ११/५–११/५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । कालोपत्रे सडक भने इटहरी–तरहराकै चौडाइमा हुनेछ ।, जङ्गलमा ड्रेन तथा फुटपाथ बनाउनु नपर्ने भएको कारण यो मापदण्डमा सडक विस्तार हुने भएको हो’ शर्माले भने ।

मोरङको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । उक्त सडक विस्तारको काम आर्थिक वर्ष २०६९र७० देखि शुरू भएको थियो । सडक आसपासको रुख कटान गरेको काठ भने डिभिजन कार्यालयले लैजाने बताइएको छ । ६ लेन सडक आयोजनाले पछिल्लो केही समययता सडक विस्तारको कामलाई प्रथामिकता दिइरहेको आयोजनाका प्रमुख शर्मा बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button