समाचारसमाज

युवतीलाई यौनजन्य गतिविधि लगाएकोे भन्दै इटहरीबाट एक महिला पक्राऊ

ईटहरी,

युवतीलाई यौनजन्य गतिविधिमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बिराटनगर जाने सडक छेउमा रहेको ब्लु स्काई होटलमा होटल संचालिकाले महिला राखि पर–पुरुषहरुसंग यौनसम्पर्क गराई यौनजन्य कृयाकलाप (बेश्याबृती) गराउने गरेको आरोपमा महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले होटलमा छापा मारी खानतलासी गर्दा होटलकोे कोठामा २२ बर्षिया युवती भेटिएको र सोधपुछ गर्दा निजले होटल संचालिका इटहरी ८ बस्ने ३४ वर्षीया सुनिता साउदले होटलमा आउने अपरिचित पुरुषहरुवाट यौनजन्य कार्य गराएको खुलेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार रकम लिएर यौनजन्य कार्यमा महिलालाई सहभागी गराउने गरेको पीडित महिलाले बताएकी छिन् ।

पीडितको उद्धार गरी पक्राउ परेकी सुनिता साउदलाई मानव वेचबिखन तथा ओसार पसार सम्बन्धि कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक भण्डारीले जानकारी दिए ।

https://www.youtube.com/watch?v=IZo5NWinDKg&t=142s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button