समाचार

ग्याँस सप्लायर्स गोदाममा आगो लगाउने युवक पक्राऊ

[mashshare]

ईटहरी,

ग्याँस सप्लायर्स गोदाममा आगो लगाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका –६ घर भएका सन्तोष खड्का उर्फ प्रशान्तलाई ग्याँस स्टोरमा आगो लगाएको भन्दै प्रहरीले पक्रेको हो । प्रशान्तले असार २९ मा राती साढे १० बजे ईटहरी –६ का सञ्जय चौधरीको ग्याँस सप्लायर्स गोदाममा आगो लगाएका थिए । २८ वर्षीया प्रशान्तले पुरानो रिसिवीका कारण राती साईकलको टायर सल्काएर ग्याँस स्टोरमा आगो झोसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ग्याँस सप्लायर्स सञ्चालकको तिनतले घरमा आगो झोसेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । दमकलको सहायताले आगो निभएर क्षति रोकिएको थियो । आगो लगाएर भागेका उनलाई पक्रेर ज्यान मार्ने उद्योग मुद्धामा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button