समाचारसमाज

धनकुटा उद्योग बाणिज्य संघको पहलमा जिल्लामा फलफुलको विरुवा रोपियो

धनकुटा,

धनकुटा उद्योग वाणिज्य संघको पहलमा जिल्लामा फलफुलको विरुवा रोप्ने कार्य भएको छ । स्थायी आम्दानीको स्रोतका लागि बाणिज्य संघको कार्यालय परिषरको जग्गामा फलफुल खेती कार्यक्रम अन्र्तगत साउन १६ गते (आज) विभिन्न जातको फलफुलको विरुवाहरु संघको अगुवाईमा रोपेको हो ।

बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ट,महासचिव राम वहादुर गोङ्वा,सचिव श्रीराम रायोमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पखिले,भीम वहादुर खेवा लिम्बु,नविन श्रेष्ठ,महेन्द्र थापा,नगेन्द्र काफ्ले,राम घिसिङ्ग,सुनिता थापा,रिदम श्रेष्ठ,अम्विका धमला,लिजा श्रेष्ठ,शोभा श्रेष्ठ,कर्मचारीहरु सिचन प्रधान,मनिश श्रेष्ठ,मुकेश राई,नवराज श्रेष्ठ लगायतले फलफुका विरुवाहरु रोपेका हुन् । एभोकाडो,सुन कागती,तेजपात,अम्वा लगायतका विभिन्न जातका ५७ वटा विरुवाहरु बाणिज्य संघको परिषरको जग्गामा संघका सचिव सिचन प्रधानले जानकारी दिए ।

सोही अवसरमा वाणिज्य संघको बैंठक बसी विभिन्न निर्णयहरु पारित गरेका छन् । संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा बसेको बैठकले धनकुटा शाखाका तर्फबाट निवर्तमान अध्यक्ष उमेश घिमिरेलाई केन्द्रिय सदस्यमा उठाउने निर्णय गरेको छ । यसैगरी वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गको संयोजकत्वमा बार्षिक कार्यक्रम निर्माण समिति,उपाध्यक्ष खगेन्द्र विष्ठको संयोजकमा हिलेमा निर्माण गरिएको वयर हाउसको संचालन र त्यसको अवस्थाको विषयमा अध्ययन समिति गठन गरिएको छ । कोषाध्यक्ष रुपेश श्रेष्ठको संयोजकत्वमा सघको चल अचल सम्पत्तिको वारेमा अध्ययन गर्न समिति गठन गरिएको छ यसैगरी समितिहरुले प्रतिवेदन तयार गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिएको महासचिव रामवहादुर गोङ्वा तामाङ्गले बताए ।

बैठकले जिल्लाको सात वटै स्थानीय तहमा कर शिक्षा संचालन गर्ने,कोरोना भाईरस विरुद्ध जनचेता अभियान संचालन गर्ने माक्स लगाउने अभियान संचालन गर्ने लगायतका निर्णहरु गरिएको सचिव श्रीराम रायामाझीले जानकारी दिएका छन् ।

https://www.youtube.com/watch?v=08zI5uKnDKw&t=33s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button