
संखुवा सभा,
नेपालमा ५ हजार ३ सय ५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको छ । हिमताल विस्फोट भएमा ठुलो क्षति हुने विज्ञहरु बताउँछन् । बढी संखुवा सभाको ४ हिमताल जोखिमा रहेका छन् । संखुवा सभाको १ सय ४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित ४ वटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा. अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ ।
संखुवा सभाका ४ र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उनले बताए । कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ ।
हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको श्रेष्ठको भनाई छ । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उनले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिनु पर्ने बताए । तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । उनले निकट भविष्यमै सरोकारवाला संघ संस्थासंग समन्वय गरी छिट्टै नै हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपङ्क्तिमा रहने प्रतिवद्धता व्यक्त गरे ।
वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो ।
यो हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनीयरिङ प्रा.लि.का प्रबन्धक इसाक राईले बताए । हितालको गहिराइ मापन गरी आवश्यकता भन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ । अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ । यो हिमताल विस्फोट भएमा संखुवा सभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो । हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने इसिमोडका डा. अरुणबहादुर श्रेष्ठले बताए । उनले भने, “हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ ।” नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्याङ्क छ ।
जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ । हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने उनीहरुको भनाई छ । विगतमा भएको क्षति हेरेर पनि सरकारलले हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नु पर्ने उनीहरु बताउँछन् ।
https://www.youtube.com/watch?v=9cIVEn2-wfM