समाचारस्वास्थ्य

विराटनगरमा डाक्टरलाई कोरोना पुष्टि

विराटनगर,

विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको छ । चिकित्सकलाई संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा दिने शाखा सिल गरिएको छ । अस्पतालका निर्देशक एवं कोभिड १९ ब्यवस्थापनका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार अस्पतालले सो शाखालाई सिल्ड गरी अर्कोे स्थानबाट बिरामीलाई सेवा दिइरहेको छ । हाल आकस्मिक शाखालाई सेनिटाइज गर्नका लागि सिल्ड गरिएको बस्नेतले जानकारी दिए ।

शुक्रबार अस्पतालमा कार्यरत ३३ वर्षीय मेडिकल अफिसरमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले सावधानी अपनाएको उनले बताए । गएको दुई महिनाअघिबाटै कोभिड ब्यवस्थापन समिति र आइसोलेसन वार्ड बनाएर कार्य गरिरहेको बताएका निर्देशक बस्नेतले हाल संक्रमित चिकित्सकसँग सम्पर्कमा रहेका सबैको पीसीआर परिक्षणका लागि स्बाब नमुना पठाइएको जानकारी दिए ।
संक्रमित चिकित्सक विराटनगर अस्पतालमा पनि कार्य गर्दै आएको हुदाँ उक्त अस्पतालमा भएको घटनाबाट आफूहरु सजग अवस्थामा रहेको बस्नेतको भनाई छ । अस्पतालमा समेत कोभिडका लागि करिब ६ जनाको फरक फरक समूहमा चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

शुक्रबार चिकित्सक न्यूरो अस्पतालमा कार्य गरिरहेको अवस्थामै महानगरको जनस्वास्थ्य टोलीले संक्रमितलाई धरान पठाएको थियो । महाशाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमितमा पोजेटिभ देखिएको आधा घण्टाभित्र उनलाई कार्यरत क्षेत्रबाट धरानस्थित कोभिड अस्पताल लगिएको थियो । न्यूरो अस्पतालले हाल संक्रमित चिकित्सकले राउण्ड लिने क्रममा जाँचेका दुई जना विरामीलाई अलग्गै सुरक्षित रुपमा वार्डमा राखिएको जनाएको छ । यसक्रममा अस्पतालले उनीहरुको समेत स्बाब नमूना संकलन गरेको छ ।

फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी वा कर्मचारीमा पोजेटिभ देखिएको खण्डमा न्यूरोले राख्ने आइसोलेसन वार्डमा सबैकुरा तयारी गरिएको जनाएको छ । सबैकुरा तयार हुदाँहुँदै पनि शुक्रबार संक्रमित देखिएका चिकित्सकलाई धरान लैजानु परेको महानगरले जनाएको छ ।

https://www.youtube.com/watch?v=0_MgXsCTLOU

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button