अर्थ खबरसमाजहेडलार्इन

कही कसैसंग पैसाको कारोबार गदै हुनुहुन्छ नक्कली नोटमा पर्नु होला , स्टेसनरीमा नोट छाप्दै बजारमा किनमेल गदै

काठमाण्डौं,

बन्दाबन्दीका कारण मानिसले फोटोकपी मेसिनमा पैसा छाप्ने गरेका छन् । लागू औषधको प्रयोग तथा कारोबार भइरहेको सूचना पाएर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली अप्रेसनमा खटियो । शंकाको घेरामा रहेका युवक सन्देश लामा समातिए । लामाको साथबाट केही लागू औषध प्रहरीले बरामद गर्यो । लामाले बोकेको एक हजार दरको नोट पनि प्रहरी भेटायो सो हजारको नोट नक्कली भन्ने शंका प्रहरीलाई लाग्यो नोट चेक गर्दा प्रहरीले गरेको शंका सही साबित भयो । लामा लागू औषध प्रयोगकर्ता मात्र थिएन उनले बोकेको पैसा पनि नक्कली थियो । प्रहरीलाई नक्कली नोट कसरी आइपुग्यो ? भन्नेमा थप टाउको दुखाई बन्यो ।

लागू औषधको अप्रेसनमा खटिएको प्रहरीको अनुसन्धान एकाएक नक्कली नोटतिर मोडियो। लामाले प्रहरीलाई आफैंले नोट छापेर लागू औषधि किन्ने गरेको प्रहरीलाई बताए । अरु पनि नक्कली नोटको कारोबारमा संलग्न भयो खुल्यो । शुक्रवार काठमाडौं महानगरपालिका ३१ शान्तिनगर चोकबाट स्याङ्जा चापाकोट नगरपालिका घर भएका नारायण पौडेलसमेत समातिए । उनको साथबाट १० थान एक हजारका नोट बरामद गरियो । उनी पनि लागू औषध प्रयोगकर्ता रहेको पाईयो । अनुसन्धानले उनीहरु सबै लागू औषध लिन्छन्। त्यसको लागि नै नक्कली नोटको कारोबारमा लागेको देखियो

लामा र पौडेलले स्टेसनरीमा गएर कलर फोटोकपी गरेर नक्कली नोट छाप्ने गरेको देखिएको छ । प्रोजेक्ट वर्क भन्दै स्टेसनरीमा गएर छाप्ने गरेको खुलेको हो । अहिलेसम्म स्टेसनरी सञ्चालकले यसबारेमा जानकारी नपाएको प्रहरीको अनुसन्धानमा देखिएको छ । २० रुपैयाँ दिएर प्रोजेक्ट वर्क गर्न भन्दै आउने तर उनीहरुले के गर्छन् भन्ने थाहा नभएको पसलेले बताउँछन्।् थप बुझ्दैछौं,प्रहरीले भने ।

उनीहरूरुले कति नोट छापे ? कहाँ कहाँ दिए भन्ने खुलेको छैन । प्रहरीले एक घुम्ती पसलबाट १ थान नक्कली नोटसमेत बरामद गरेको छ । उनीहरुले नै पसलमा सामान खरिद गर्ने सो नोट दिएको देखिएको हो । उनीहरु विरुद्ध प्रहरीले नक्कली नोटको केसमा मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलनअनुसारको कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरेको छ । अदालतमा दोषी प्रमाणित भए ऐनअनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ ।

त्यस्तै लागू औषध नियन्त्रण ब्युरोको टोलीले केही दिनअघि बाराको महागढीमाई नगरपालिका २ बरियापुरबाट ३ जनालाई १५ लाख ४४ हजार ४ सय नक्कली नोटसहित पक्राउ गरेको थियो । लागू औषधको कारोबारी खोज्ने क्रममा ब्युरोको टोलीले नक्कली नोटसहित भारत मोतिहारी घर भएका सुधिर कुमारकुशवाह, बाराका नरेन्द्रप्रसाद कुशवाह र मनोज तेलीलाई नियन्त्रणमा लिएको थियो । यो घटनाले पनि लागू औषध कारोबारीले नक्कली नोटको कारोबारीमा समेत सामेल हुने गरेको देखिन्छ ।

https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=21s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button