
धरान,
अवैध लागुऔषध गाँजा सहित धरानका २ जना युवा पक्राऊ परेकाछन् । मोरङ जिल्लाको कटहरी गाँउपालिका (१ सिङगिया खोला नजिक हाटखोलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३ केजी गाँजा सहित युवालाई प्रहरीले पक्राउ गरेको हो। धरान (१५ बस्ने ३४ बर्षिय आशिष राई र धरान (१६ बस्ने २२ बर्षिय संजिव राई लाई प्रहरीले पक्राऊ गरेका छन् । उनीहरु को २५ प ८०७४ नम्बरको मोटरसाईकलमा चढेर आएका थिए ।
प्रहरीलाई शंका लागी उनीहरले बोकेको झोला चेकजाँच गर्ने क्रममा अन्दाजी ३ केजी गाँजा लुकाई छिपाई ल्याएकाले गाँजा सहित मोटरसाईकल र युवालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भईरहेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले वानकारी दिए । पक्राउ परेका युवालाई प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।