
विराटनगर,
१ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता सहित १८ जनामा कोरोना पुष्टि भएको छ । न्यायाधिवक्ता चुडामणी आचार्यसहित परिवारका ३ जनालाई संक्रमण पुष्टि भएको हो । शुरुमा उनी मिडियामा खुल्न नचाहे पनि पछि परिचय खुलाउन सहमत भएका थिए । प्रदेश १ मा उच्च ओहदाका व्यक्तिमा संक्रमण देखिएको यो पहिलो हो । नयायाधिवक्तालाई कसरी संक्रमण भयो भन्ने प्रष्ट भइसकेको छैन ।
साउन १९ गते सोमबार (आज) उनीसहित विराटनगरमा १८ जनालाई कोराना संक्रमण पुष्टि भएको विराटनगरका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएकाहरु मध्ये प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ प्रहरी कर्मचारी समेत भएको कार्कीको भनाई छ ।