जीवन शैलीसमाचारहेडलार्इन

भारी वर्षाका मुलुभर अधिकांश पहिरो, थोरै वर्षामै ठूलो खतरा

[mashshare]

काठमाण्डौं,

भारी वर्षाक कारण मुलुकभर अधिकांश पहिरो गएर राजमार्गहरु अबरुद्ध भएका छन् । मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटक पटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा अत्यधिक पहिरो खसेको हो । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गको धेरै स्थानमा पहिरो खसेको छ । नागढुङ्गादेखि मुग्लिनसम्म भने अत्यधिक पहिरो छ । राजमार्गको भित्ता पहिराले छियाछिया पारेको छ । सयौँ ठाउँमा पहिरो गएको छ ।

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ । त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिरोले सडकमा ठूलो क्षति गरेको छ । धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ । कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ । कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्थामा देखिन्छ । सवारी चालक कृष्ण परियारले भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताए । मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ । सडकको तल्लो तह पहिराले कटान गर्दा सडक एकतर्फी संचालनमा रहेको छ ।

कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ । केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो । अस्थायीरुपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ । ‘वर्षा भयो भने झुण्डिएका पहिराले थिच्ला भन्ने डर छ, बढी घाम लाग्दा माथि खस्न लागेका ढुङ्गाले हान्ला भन्ने डर छ, डराइडराइ सवारी चलाउनुपरेको छ’, ट्रक चालक परियारले सुनाए ।
सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ ।

धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ । वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराले ल्याएको बाक्लो गेगर हटाइएको छैन । राजमागर्गभरि लहरै पहिरो खसेर यात्रु र सवारी चालकहरु त्रासमा यात्रा गर्न बाध्य छन् । सानो वर्षा हुँदा नै ठूलो खतरा छ । पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकएको छैन । कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ । कतै सडक एकतर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्साा नै सडकमा बगिरहेको छ ।

पृथ्वी राजमार्गको धादिङ खण्डमा भने सयौँ पहिरा छन् । कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ । ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ । चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठुलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ ।

अझै पनि पानी पर्दा यहाँ भने सडक ठप्प हुने देखिन्छ । भूगर्भविद् शिव बाँस्तोला पानी पर्यो भने पहिलेका पहिरा खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउछन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्दा नै राम्रो हुने सुझाव छ । ‘मनसुन सक्रिय रहेकाले थोरै पानी पर्दा पनि धेरै खतरा हुन्छ’, पोखरेलले भने, ‘यो बेलामा आफ्नो घर वरिपरि पनि सुरक्षित हुने गरी सावधानी अपनाउन र यात्रा गर्दा पनि विशेष ध्यान दिनुपर्छ ।’

पहिरोले मुलुकमा ठुलो जनधनको क्षति पुर्याएको छ । भौतिक सम्पत्ति मात्रै होइन पहिरोले मानवीय क्षतिसमेत धेरै भएको छ । प्राधिकरणका अनुसार जेठ ३० पछि (मनसुन सक्रिय भएपछि) डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १ सय ६३ जनाको ज्यान गइसकेको छ । पहिरोका कारण ४५ जना अझै हराइरहेका छन् । खोजी जारी रहेको जनाइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button