
सप्तरी
आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई दिएको खानामा किरा भेटिएपछि संक्रमितहरु आक्रोसित हुदै खाना बहिष्कार गरेका छन् । सप्तरीको राजविराजस्थित एक आइसोलेसनमा कोरोना संक्रमितलाई दिइएको खानामा कीरा देखिएपछि संक्रमित र आइसेलेसन व्यवस्थापन पक्षबीच उग्रविवाद भएको हो । खाना खाने क्रममा कीरा देखिएपछि उत्पन्न विवादले उग्ररुप लिँदा बिहीबार राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोडसँगै खाना बहिष्कार गरेका छन् ।
संक्रमितहरु आक्रोशित हुँदै खाना बहिष्कार गरेपछि साउन २२ गते बिहिबार (आज) दिनभर अवस्था तनावग्रस्त बनेको थियो । संक्रमितहरुले खाना बहिष्कार गरेपछि आइसोलेशन कक्षमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफूहरु माथि दुव्र्यबहार भएको बताउँदै सेवा बहिष्कार नै गरेका छन् ।
बिहीबार आइसोलेशन कक्षमा स्वास्थ्य सेवाका लागि खटिएका ४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रञ्जित झाले जानकारी दिए । ४ जना स्वास्थ्यकर्मीलाई अलग्गै आइसोलेसन कक्षमा राखिएको उनले जानकारी दिए ।
संक्रमितहरुले खानामा किरा भएको भन्दै आक्रोशित हुँदै खाना नै फ्याकेका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर ल्याए । तर, आक्रोशित संक्रमितहरुले सो खाना पनि फ्याकिदिए भने भाडाकुँडा, टेबुल, कुर्सी र टेन्ट समेत तोडफोड गरे । संक्रमितहरुलाई सम्झाउन पुगेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत आक्रमण गर्न थालेपछि उनीहरु आफ्नो सम्पर्कमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आइपुगेको अस्पतालका प्रमुख डा. झाले जानकारी दिएका छन् ।
डा. झाले उच्छृखंल कार्यमा संलग्न व्यक्तिलाई कारवाही तथा अन्यत्र नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्ने अवस्था नरहेकोले तत्कालै काम गर्न नसकिने बताए । उनका अनुसार संक्रमितहरुले ४ दिनअघि पनि आइसोलसन कक्षमा निगरानीका लागि जडान गरिएको ३ वटा सीसी क्यामेरा समेत फुटाइदिएको थिए । सीसी क्यामेरा संक्रमितहरु मध्येकाले फुटाएको घटना बारे प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जानकारी पनि गराएको उनले बताए ।