समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६ कोरोना संक्रमित पुष्टि (डाटा सहित)

बिराटनगर,

प्रदेश नं.मा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सो मध्ये सबैभन्दा धेरै मोरङमा २४ जना छन् भने सुनसरीमा १९ थपिएका छन् । यस्तै, इलाममा १५ जना र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र १० महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, बेलबारीमा २ र रंगेलीमा १ पुरुषमा संक्रमण पुष्टि भएको बताईएको छ ।

यसैगरी सुनसरीको धरानमा ११ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ भने इटहरीमा ४ र पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष र १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ ।

प्रदेश १ मा साउन २२ गते बिहिबार (आज) १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button