अर्थ खबरसमाजस्वास्थ्य

कोरोना परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गरे दुई सय छुट पाईने

काठमाण्डौं,

कोरोना परीक्षणको शुल्क अनलाईनबाट भुक्तानी गर्दा २ सय छ्ुट पाईने भएको छ । सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २ सय छुट पाइने बिध ल्याबले जनाएको छ ।

कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर्भमा सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित हुनु नपर्ने व्यवस्थाले सम्भावित जोखिम न्यूनीकरणमा सघाउ पुग्ने ल्याबका सञ्चालक विके भण्डारीको भनाई छ । डिजिटल भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ वा ‘खल्ती’ मध्ये कुनै पनि मध्यामबाट आरटी–पिसिआर परीक्षणको शुल्क भुक्तानी गर्न सकिने छ । ‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने गरी व्यवस्था गरेका हौँ ’, उनले भने, ‘यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट परीक्षण शुल्क भुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यासव्याक पाउनेछन । ’

नगद कारोवारबाट समेत कोरोना भाइरस फैलनसक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको भण्डारीलो जानकारी दिए । नगद कारोवार गर्दा कोरोना भाइरस सर्ने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । शुल्क लिएर कोरोना परीक्षण गर्न सरकारबाट अनुमति पाएको बिध ल्याबले सरकारले तोकेभन्दा कम शुल्कमा नै आरटी–पिसिआर परीक्षण गर्दै आएको छ । ल्याबले प्रतिनमूना रु चार हजारमा कोरोना परीक्षण गर्दै आएको छ । अनलाइनबाट शुल्क भुक्तानी गर्दा सेवाग्राहीले प्रतिनमूना रु ३ हजार ८ सय मात्र तिरे पुग्छ । सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना रु ५हजार ५ सय शुल्क लिएर कोरोना परीक्षण गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button