समाचारसमाजहेडलार्इन

१७ वर्षपछि समातिए फरार रहेका अभियुक्त थापा मगर

[mashshare]

झापा,

फरार रहेका दुर्गा बहादुर थापा मगर १७ वर्ष पछि पक्राउ परेका छन् । १७ वर्षसम्म फरार रहेका अभियुक्त दुर्गा बहादुर मगरलाई पक्राउ पछि प्रहरीले पत्रकार सम्मेलनमार्फत सावजनिक गरेको हो । झापा जिल्लाको जलथलमा हत्याको घटनामा पुछिएका थिए थापा मगर । स्थानीय बिरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले थापा मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मगरलाई लागेको घटना आरोप यस्तो छ ।

मिति २०६० साल कत्तिक ३० गते हालको झापा गाउँपालिका –४  का ४५ वर्षीय बिरिकलाल माझी छोरीसँग भेटघाट गर्न भनी आएका थिए । उनी सोही दिन साँझ ७ बजेतिर घुमफिर गर्न नजिकैको भट्टी पसलमा पुगे । होटलमा बिरिकलाल माझीले चुरोट मागे चुरोट दिदाँ पसल सञ्चालककी छोरीको हातमा छोएको भन्ने विषयलाई लिएर विवाद भएको थियो । सोही बेला होटलमा मदिरा सेवन गरिरहेका साविक जलथल गाविस वार्ड नं. – ८ का दुर्गा बहादुर थापा मगर र खेम फुयाँल लगायतका व्यक्तिले बहिनीको हात किन समातिस् भन्दै निहु खोज्दै माझीलाई सामान्य चुटपिट गरेका थिए ।

हाल पक्राउ परेका दुर्गा बहादुर समेतका ३÷४ जना पुन घरमै गई माझीलाई होटलमा भएको विवादकै विषयमा तँलाई माझी भन्दै पुगे । त्यसपछि चिरपट दाउरा र छालाको बुट जुत्ताले हानेर उनलाई सख्त घाइते बनाएका थिए । घाइते माझीलाई मेची अञ्चल अस्पतालमा पु¥याई उपचार गर्दा उनको उपचार हुन नसकी २०६० साल मंसिर ४ गते बिहान कुटपिट चोटकै कारण माझीकोे मृत्यु भएको थियो ।

त्यति बेलै मृतकका ससुरा बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । लामो समय सम्म फरार रहेका प्रतिवादीहरु दुर्गा मगर समेतको नाममा जिल्ला अदालत झापाबाट २०७७ साल बैशाख ३० गते पक्राउ अनुमति लिई प्रहरी निरीक्षक साकार राजपन्तको टोलीले २०७७/०४/२२ गते झापा मेचिनगर नगरपालिका वार्ड नं. –१२ स्थित शहरेडाँगी स्थित आफन्तको घरमा लुकिछिपि बसिरहेको अवथामा दुर्गा बहादुर मगरलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

फरार मगर काठमाडौं, भारतको कोलकत्ता, दार्जिलिङका साथै मलेसिया, युएई गएर लुक्दै आएका थिए । उनी नेपालमा हुँदा पनि आफन्तहरुका घरमा लुकीछिपी बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निजलाई पक्राउ गर्नसाथ घटनास्थलका प्रत्यक्षदर्सी समेत रहेका जाहेरवाला मृतकका ससुरा बिष्णुलाल माझीले यतिका वर्ष नभेटिँदा पक्राउ पर्नेमा आश मारेको जानकारी दिए । अब हत्यामा संलग्न रहेका र फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरी थापाले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button