समाचारस्वास्थ्य

धरानमा ३ जना सहित १ नम्बर प्रदेशमा ४० जना कोरोना संक्रमित पुष्टि,

[mashshare]

धरान,

धरानमा ३ जना सहित १ नम्बर प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । साउन २५ गते आईतबार विराटनगर महानगरपालिका भित्र २९ जना सहित प्रदेश १ मा आइतबार ४० जना नयाँ संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार २७ पुरूष १३ जना महिला प्रदेशमा नयाँ संक्रमित थपिएका हुन् ।

विराटनगर महानगरपालिका भित्र देखिएका २९ जना संक्रमित मध्ये १९ पुरुष र १० महिला रहेका छन् । झापामा ४ पुरूष र १ महिला गरी ५ जना कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारामा २ पुरूष, बाह्रदशी र दमकमा १ । १ जनालाई संक्रमण देखिएको हो । यसैगरी सुनसरीमा ४ पुरुष २ महिला गरी ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
धरानमा २ पुरूष, १ महिला, इटहरीमा २ जना र बर्जुमा १ पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धरानकामा देखिएका संक्रमित मध्ये २ जना वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर र १ जना डाक्टरकी श्रीमतीलाई कोरोना पुष्छि भएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button