समाचारसमाज

१४ वर्षीय बालिकालाई दुई हप्तासम्म बलात्कार,आरोपी पक्राउ

[mashshare]

रौतहट

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गुजरा नगरपालिका सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिरलाई बालिका बलात्कार आरोपमा पक्राउ गरेको हो । मुम्ताजले बालिकालाई ललाई फकाई अपहरण गरी २ हप्ता सम्म बलात्कार गरेको पिडितका परिवारले जनाएको छ । मुम्ताजले आफ्नै नगरपालिकाको आफ्नै टोलका बालिकालाई बलात्कार गरेको मुद्दामा पक्राउ परेका हुन् ।

मुम्ताजमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरिक्षक चन्द्रकिशोर शाहले जानकारी दिएका छन् । पीडित बालिकाको स्वास्थ परिक्षण समेत गराईसकेको प्रहरी निरिक्षक शाहले बताए ।

मुम्ताजले बालिकालाई ललाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुरमा लगेर दुई हप्तासम्म राखी यौनशोषण गरेको पीडित परिवारले बताएको छ । २ हप्तापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा बालिकालाई छाडेर मुम्ताज बेपत्ता भएका थिए । प्रहरीले मुम्ताजलाई विशेष सूचनाको आधारमा पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button