समाचारस्वास्थ्यहेडलार्इन

कोरोना बिरामीको संख्या बृद्धि संगै वीपी प्रतिष्ठानले कोभिड १९ अस्पतालको दायरा बढाएर

धरान,

सुनसरीको धरानमा कोरोनाको बिरामी बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वीपीको कोभिड – १९ अस्पतालको दायरा बढाएर सङ्क्रमितलाई राखी उपचार शुरु गरेको छ । साउन २९ गते (आज) प्रतिष्ठानले एक विज्ञप्ति जारी गरी कोभिड १९ का बिरामीको संख्या दिनानुदिन वृद्धि भइरहेको अवस्थामा साउन २९ बाट उपचारमा दायरा बढाएर कोभिड १९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमित बिरामीमा लक्षण देखिएकाहरूलाई कोभिड १९ अस्पतालमा भर्ना गर्न थालिएको सापकोटाले बताए ।

वैशाख ११ गते देखि सञ्चालन गर्ने भनिएको कोभिड १९ अस्पतालको उद्घाटन गरेर सञ्चालनमा नआएपछि नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले वीपीका उपकुलपतिको कार्यकक्षमा केही दिन अघि ताला बन्दी गरेका थिए । साउन २९ गते बिहिबार देखि कोभिड अस्पतालमा बिरामी राख्न थालिएको प्रतिष्ठानको एक चिकित्सकले बताए । १० वटा भेन्टिलेटर सहितको १ सय बेड क्षमताको सो अस्पताल सञ्चालनमा आएपछि दैनिक बढ्दै गएका कोरोना सङ्क्रमितहरूको उपचारमा सहजता आउने चिकित्सकको भनाई छ ।

प्रतिष्ठानको इमरजेन्सीमा आएका र कोरोना आशङ्का गरिएका बिरामीहरूलाई आज देखि कोभिड १९ अस्पतालमा राख्न थालिएको छ । प्रतिष्ठानमा पेईङ वार्ड र धर्मशालामा गरी दुईवटा भेन्टिलेटर सहित कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको थियो । प्रतिष्ठान हाता भित्र छुट्टै स्थानमा रहेको सो कोभिड अस्पताल स्वास्थ्य सुरक्षाको हिसाबले पनि निकै सुरक्षित रहेकोले यसलाई पुर्णरुपमा सञ्चालन गर्न सक्यो भने प्रदेश १ का गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितहरूले उपचार पाउन सक्नेछन् ।

१० वटा भेन्टिलेटर सहितको सो अस्पतालमा आइसियु सरहको एचडीयु युनिट पनि रहेको छ । यसले गर्दा कोरोना सङ्क्रमितहरूको उपचारमा थप सहज हुने र राम्रो स्वास्थ्य सेवा पाउने जानकारहरु बताउँछन् । आन्दोलन र दबाबले गर्दा अस्पताल सञ्चालनमा ल्याएको हो कि भन्ने आशंका उब्जाएको जानकारहरु बताउँछन् । प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएपछि १२ वटा भेन्टिलेटर, २० वटा एचडीयु युनिट सहित २ सय जना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने भनिएको छ ।

https://www.youtube.com/watch?v=XLiX6Lp4g-8&t=12s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button