समाचारस्वास्थ्यहेडलार्इन

धनकुटामा कोरोना भाइरसको उच्च जोखिम, जिल्लावासीलाई सचेत रहन उद्योग वाणिज्य संघको आग्रह

[mashshare]

धनकुटा,

धनकुटामा कोरोना भाइरस महामारीको उच्च खोखिम रहेको धनकुटा उद्योग वाणिज्य संघ धनकुटा अध्यक्ष विजय सन्तोशी राईले बताएका छन् । जिल्लामा दिनप्रतिदिन फैलदै गएकोले अव धनकुटा समुदाय स्तरमा फैलन सक्ने खतरा भएकोले लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटाका उद्योगी, व्यापारी तथा व्यावसायी लगायत जिल्लावासीलाई शुक्रबार (आज) बाणिज्य संघले विज्ञप्ती निकाल्दै आव्हन गरेको छ ।

जिल्ला समुदायस्तरमा समेत अव महामारीको रुपमा रहेको कोरोना भाईरस फैलन सक्ने खतरा तिव्र रुपमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट २०७७ भाद्र ४ गतेसम्म जारी गरेको लक डाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै सुरक्षित रही संयमित रहन सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायी लगायत जिल्लावासीलाई संघका अध्यक्ष विजय सन्तोषी राईले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेका छन् ।

जीवन रहे मात्र केही गर्न सकिने भएकाले आ–आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन समेत सबैलाई संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ । अनिवार्य माक्स लगाएर सुरक्षित भई दैनिक उपभोग्य सामाग्री खाद्यान्न तथा तरकारी पसलहरु प्रत्येक दिन विहान ७ देखि १० बजेसम्म र साझ ५ बजेदेखि ७ बजेसम्म सुरक्षित ढंगले खरिद बिक्रि गर्न समेत विज्ञप्तीमा भनिएको छ ।

बाणिज्य संघका अध्यक्ष राईले धनकुटा समुदाय स्तरमा कोरोना भाईरस फैलन नदिई नियन्त्रण गर्न जिल्लावासीलाई सरकारले तोकेको लकडाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खल्दै आफु पनि बाँच्न र अरुलाई पनि बचाउन अपिल समेत गरेका छन् ।

धनकुटामा कोरोना भाईरस फैलदै गएपछि समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकोले जिल्लावासी सबै सचेत र संयमीत भै अत्यावाश्यक कामहअ वाहेक घरमाबाट वाहिन ननिस्कन बाणिज्य संघका महासचिव राम वहादुर तामांगलले पनि आग्रह गरेका छन् । धनकुटा जिल्लामा अहिले सम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button