
धरान,
भाद्र १ गते सोमबार धरानमा फेरि १३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बीपी प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जना सहित सोमबार (आज) धरानमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस अघि गए राति धरान १६ निवासी बीपीमा कार्यरत नर्सको परिवारका ४ जना सहित अहिले पछिल्लो थपिएकाहरूमा धरान १८ का २ जना ३० वर्षीय पुरुष, २७ वर्षीया महिला, धरान १९ का १ जना ३९ वर्षीय पुरुष, धरान १५ का २ जना १९ र ३९ वार्षीय महिला, धरान १७ का १ जना ३९ वर्षीया महिला उनी स्वास्थ्यकर्मी रहेको बताइएको छ । धरान ९ का १ जना २४ वर्षीया महिला, धरान १० का २ जना ५० र ७७ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।
भाद्र १ गते थपिएका कोरोना संक्रमित संगै धरानमा संक्रमितकोे संख्या ८९ जना पुगेको छ । संक्रमितहरुको पूर्ण विवरण आउन वाँकी रहेको उपहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख मेहेताले बताए ।
https://www.youtube.com/watch?v=cgvMEQ0rnTw&t=19s