समाचारस्वास्थ्य

देशभर आज पाँच सय ८१ जना संक्रमित पुष्टि

[mashshare]

काठमाण्डौं,

भाद्र १ गते सोमबार नेपालमा ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ७३ जना महिलासहित ५ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जोगेश्वर गौतमले जानकारी दिएको हो । भाद्र १ गते सोमार थपिएको ५ सय ८१ जना संगै नेपालमा कोरोना संक्रमितको संख्षा २७ हजार २ सय ४१ पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जोगेश्वर गौतमका अनुसार मृत्यु हुनेको संख्या १०७ पुगेको छ । आज मोरङ, काठमाडौ र रौतहट गरी तीन जनाको मृत्यु भएको छ । हाल सम्म निको भएर डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना पुगेको प्रा.डा. गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button