समाचारस्वास्थ्यहेडलार्इन

सुनसरीमा ४ सय ९ संक्रमित पुष्टि, सबै भन्दा बढी धरानका

धरान,

सुनसरीमा ४ सय ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण गरिएका १६ हजार ४१ जना मध्ये ४ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार कुल संक्रमित मध्ये १ सय ८१ जना निको भएका छन् । जिल्लामा कुल एक्टिभ केसको संख्या भने २ सय २८ रहेको छ ।

सुनसरीमा आज थप भएका २३ सहित कुल कोरोना संक्रमितको संख्या ४ सय ९ पुगेको हो ।  स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् । उनका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ । त्यसैगरी इटहरीमा ६५ जना कोरोना संक्रमित भेटिदा दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जनामा कोरोना पाएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५–१५ जना कोरोना पोजेटिभ पाइएका छन् । बराहक्षेत्रमा १२ र गढीमा ७ जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ । लिङथेपका अनुसार कार्यालयमा प्राप्त आधिकारिक रिपोर्ट मात्र सार्वजनिक गर्ने गरिएको छ । उनले दिएको जानकारी अनुसार जहाँ जुन पालिकाबाट स्वाब संकलन गरिएको हो , रिपोर्ट सोही स्थानीय तहमा उल्लेख गरिने गरिएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो समय सुनसरीमा क्वारेन्टिन बाहिर रहेका व्यक्तिहरुमा बढी संक्रमण देखिन थालेको बताईएको छ ।

https://www.youtube.com/watch?v=scM0aUc_iNU&t=266s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button