
सिन्धुपाल्चोक,
सिन्धुपाल्पाचोकको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ जना पुगेको छ । गएको साउन ३० गते शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका –२ लिदीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३२ जना पुगेको हो । भाद्र ६ गने शनिबार (आज) ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको संख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार पहिरोमा पुरिएका अझै ७ जना हराइरहेको छन् । पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।
https://www.youtube.com/watch?v=scM0aUc_iNU&t=2339s