समाचारसमाज

ढुंगा प्रहार गरी आफ्ने आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

[mashshare]

सर्लाही,

ढुंगा प्रहार गरी आफ्नै आमाको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका २ का ३२ वर्षीय राजबीर पासवानलाई आमाको हत्या आरोपमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुंगा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

टाउकोमै चोट लागि घाइते भएका आरोपितका बुबा उपेन्द्र पासवानको मनिषा हल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button