समाचारस्थानीयस्वास्थ्य

धरानमा ३ जना सहित सुनसरीमा १९ जनामा संक्रमण पुष्टि

धरान,

धरानमा ३ जना सहित सुनसरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं ७ गते आईतबार (आज) सुनसरीमा १९ जना संक्रमित थपिएका छन् । साँझ प्राप्त रिपोर्ट अनुसार सुनसरीको गढी गाउँपालिकामा ७ जना संक्रमित थपिएका हुन् । त्यसैगरी बर्जुमा ५ जना थपिएका छन् भने दुहवी ३ जना र धरानमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । यस्तै इटहरीमा १ जनामा संक्रमण देखिएकोे स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । नयाँ थपिएको संख्या सहित सुनसरीमा कुल संक्रमितको संख्या ४ सय ५२ पुगेको छ ।

धरानका संक्रमितहरू मध्यो २ जना धरान १७ की संक्रमित ३५ वर्षीया आमा र १४ वर्षीया छोरी रहेका छन् । अर्का १ जना भने धरान १६ का ३० वर्षीय भरतीय सैनिक रहेको धरान उपमहानागरका स्वास्थ माहशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । मेहता का अनुसार भारतीय सैनिक महेन्द्रनगरको नाका हुँदै एन्फा क्वारेन्टाइनमा आइ होटल आइसोलेशनमा बस्दै आएका थिए ।

https://www.youtube.com/watch?v=KkWSJjam9dQ&t=11s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button