
काठमाण्डौं,
नेपालमा कोरोना भाइरस विरुद्धको खोप ‘क्लिनिक ट्रायल’ गर्ने तयारी भईरहेको छ । प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए । ‘क्लिनिकल ट्रायलमा संलग्न हुनका लागि हामी खुला छौं । जसको भ्याक्सिन पहिला आउँछ त्यसको उपयोग गर्छैं’, प्रवक्ता डा. गौतमले भने । भ्याक्सिन तयार पार्न विकसित मुलुकबीच प्रतिस्पर्धा भइरहेकाले त्यसको गुणस्तर, प्रभावकारिता र उपलब्धता हेरेर परीक्षण गर्ने ÷नगर्ने निर्णय गरिने डा. गौतमको भनाई छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोप ट्रायलको प्रक्रिया अघि बढाइएको जनाएको छ । चीनको एक कम्पनीले कामदारमाथि ट्रायल गर्न अनुरोध गर्दै मन्त्रालयलाई पठाएको छ । यस सम्बन्धमा अनुसन्धान गरी निर्णय गर्न मन्त्रालयले आइतबार परिषद्लाई जिम्मा दिएको छ । मन्त्रालय स्रोतका अनुसार होङसी ग्रुपमा कार्यरत कामदार र अन्य गरी एक हजार जनाका लागि स्वीकृतिको अनुरोध चीनबाट आएको हो । ‘अध्ययन, अनुसन्धानबाट परिषद्ले स्वीकृति दिए ट्रायल सुरु हुन्छ’, स्रोतले भन्यो ।
मन्त्रालयको स्वीकृति लिएर परिषद्को नेतृत्वमा अध्ययन अघि बढाइएको हो । परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोपको तेस्रो चरणको परीक्षण गर्न कम्पनी इच्छुक भएको जानकारी दिए । चीनमा निर्मित खोपको अध्ययन, अनुसन्धान कार्य अघि बढाइएको पुष्टि गर्दै उनले ज्ञवालीले भने, ‘थप प्रक्रिया अघि बढाउँछौं। अफिसियल पत्र आएपछि डकुमेन्ट हेछौं’ उनीहरूसँग वार्ता गछौं । ठीक लागे खोप अध्ययन गर्न रिसर्च ग्रुप बनाउँछौं । त्यसपछि प्रोटोकल बनाउँछौं ।’
सबै प्रक्रियाका लागि बजेट एवं जनशक्तिको व्यवस्थापन गर्ने तयारी छ । ‘आजदेखि अध्ययन, अनुसन्धानको लागि बाटो खुलेको छ । केही समय लाग्न सक्छ । हामीले चाहँदा खेरी चीनसँग सम्झौता गर्न सकिने भयो’, डा. ज्ञवालीले भने । परिषद्ले यूके अक्सफोर्ड ग्रुपसँग पनि एक साताअघि वेबिनारमार्फत बैठक गरेको थियो । डा. ज्ञवालीका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पहलमा गरिएको कुराकानीमा उक्त ग्रुपले पनि सकारात्मक धारणा व्यक्त गरेको हो । ग्रुपले प्राविधिक समूहसँग छलफलपछि खबर गर्ने जनाएको छ ।
रुसले तयार पारेको खोप पनि अध्ययन, अनुसन्धान गर्न सरकारले कूटनीतिक पहल थालेको छ । मन्त्रालय निकट स्रोतका अनुसार रुसी राजदूत एलेक्सी नोभिकभमार्फत द्विपक्षीय कुराकानी भइरहेको छ । ‘रुसमा निर्मित खोपको चर्चा भएपछि अनुसन्धान र पछि आवश्यक परे खरिद गर्न पनि वातावरण बनाइदिन रुसी राजदूतमार्फत पहल भइरहेको हो’, स्रोतले भने । मन्त्रालय र परिषद्का पदाधिकारीले रुसी राजदूतसँग एक साताभित्रै छलफल हुने स्रोतको दाबी छ । राजदूत नोभिकभले भदौ २ गते राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा राजदूत नोभिकभले रुसमा निर्मित खोपको माग विभिन्न मुलुकबाट आउन थालेको उल्लेख गरेका थिए । नेपालले चाहे प्राथमिकतामा राखेर उपलब्ध गराउन पहल गर्ने आश्वासन उनले बताए ।
डब्लूएचओले जम्मा तीन वटा खोप मात्र तेस्रो चरणको परीक्षणमा पुगेको जनाएको छ । जसमा चीनका दुई र अक्सफोर्ड विश्वविद्यालय यूकेको छन्। रुसले असार २८ गते कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरिएको दाबी गरेको थियो । जुन पहिलो परीक्षण १८ र दोस्रो परीक्षण २० जनामा गरिएको रुसी न्युज एजेन्सीले जनाएका छन्।् । चीनको सिनोफार्मले उत्पादन गरेको खोप परीक्षणको अन्तिम अर्थात् तेस्रो चरणमा छ ।
प्रमुख कार्यकारी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदअन्तर्राष्ट्रिय तहमा कुन कुन खोप अनुसन्धान भइरहेका छन् भनेर चासो लिइरहेका छौं । बाहिरी मुलुकमा बनेका खोपहरूको अध्ययन, अनुसन्धान गर्दै छौं । विश्वभरका रिसर्च ग्रुपसँग नजिकमा छौं । कोभिड—१९ विरुद्ध क्लिनिकल ट्रायलमा रहेका विभिन्न खोपको नेपालमा अध्ययन, अनुसन्धान गर्न नेतृत्व लिएका छौं’ डा. ज्ञावलीले भने । चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुप आफूले उत्पादन गरेको खोप नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न इच्छुक छन्। यसको प्रक्रियासमेत अगाडि बढाइसकिएको छ ।
कुन खोप बढी प्रभावकारी छ भन्नेबारे बाहिरको अध्ययनका साथै हामी आफैं पनि अनुसन्धान गछौं कुन मुलुकले सहयोग गर्छ वा खोप खरिद गर्नुपर्ने हो की के होे भनेर सबै पक्ष हेछौं । कति जनालाई ट्रायल गरिन्छ भन्ने प्रोटोकल डिजाइनपछि प्रष्ट हुन्छ । हजारभन्दा बढीलाई क्लिनिकल ट्रायल गर्नुपर्ने हुन सक्छ । यसका लागि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को मापदण्ड पालना गरे पुग्छ’ डा. ज्ञावलीले भने ।
https://www.youtube.com/watch?v=rEDUiGst0Rg&t=165s