समाचारस्थानीय

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धरान,

बालिकालाई जवरजती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । मोरङकी एक १६ वर्षिया बालिकालाई गत साउन २६ गते धरान १८ स्थित एक होटलमा ललाईफकाई ल्याई जबरजस्ती करणी गरेको आरोपमा मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हाल सुनसरी रामधुनी नगरपालिका वडा नं. ५ झुम्का बस्ने ४६ वर्षीय मोहमद ईर्साद आलम रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

छोरीलाई जबरजस्ती करणी गरेको थाहाँ पाएपछि पिडितको आमाले आलम बिरुद्ध भदौं ७ गते आईतबार प्रहरीमा उजुरी हालेकी हुन् । पिडितको अभिभावकले प्रहरीमा जाहेरी दिएपछी ईलाका प्रहरी कार्यालय पकलीसंग समन्वय गरी ईलाका प्रहरी कार्यालय धरानले आलमलाई पक्राउ गरेको हो । आलमलाई भदौं ८ गते सोमबार (आजै) जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्धाको अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=scM0aUc_iNU&t=758s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button