समाचारसमाजस्थानीय

धरानको बगरकोटमा खुकुरी र छुरी देखाएर आतंक मच्चाउने तीन जना युवा पक्राउ

धरान,

धरानको बगरकोटमा खुकुरी र छुरी देखाएर आतंक मच्चाउने ३ जना युवालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । विभिन्न ठाउँमा खुकुरी र छुरी देखाएर आतंक मच्चाउने धरान १५ का २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई भदौं ८ गते सोमबार (हिजो) साँझ ५ बजे धरान ८ स्थित फलामे पुल नजिक खुकुरी र चक्कु बोकेर सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित बनाइरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए छन् । ३ नै जनालाई ईलाका प्रहरी कार्यालय धरानले भदौं ९ गते मंगलबार (आज) हतियारसहित सार्वजनिक गरेको छ ।

उनिहरूले आइतबार साँझ ५ बजे धरान १५ बगरकोट स्थित सेउती खोलाको पुलमा धरान ८ का रोमन विश्वकर्मालाई खुकुरी, चक्कु देखाएर कुटपिट गरेको सुचना पाएपछि खोजी गर्ने क्रममा पक्राउ परेका हुन । ३ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

https://www.youtube.com/watch?v=smmUt7GvTbY

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button