
रौतहट,
६ लाख ४० हजार रुपैयाासहित हुन्डी कारोबारी पक्राउ परेका छन् । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय १६ वर्षीय मनोजकुमार साहलाई गस्ती टोलीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट प्रहरी नायव उपरिक्षक नरेश भण्डारीको कमाण्डमा गएको टोलीले ईशनाथ २ औरैयाका साहबाट चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो । बरामद रकम, मोटरसाईकल र मनोजकुमारलाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्रका प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओलीले बताए ।