
विराटनगर,
प्रदेश १ मा भदौं १२ शुक्रबार (आज) ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ गते थपिएकामा सुनसरीमा ४१, मोरङ , झापामा १४ र १४, सङ्खुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषमा कोरोना संक्रमण पुष्टि रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा सङ्क्रमण पुष्टि भएको विकास मन्त्रालयले जनाएको छ ।
यस्तै झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । १२ गते शुक्रबार थपिएको संक्रमितको संख्या सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको छ ।
प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिराहा लहानकी एक महिलाको आज मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ८ जना रहेको विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १२ गते आज २० जना डिस्चार्ज भएर घर फर्केका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा १ हजार ५ सय १६ जना डिस्चार्ज भएका छन् । भदौं १२ शुक्रबार (आज) १ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा अहिले सम्म ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको विकास मन्त्रालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=pCK7LpKaA4c