समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा फेरि ५६ जनामा कोरोना संक्रमण पुष्टि,(कुन जिल्लामा कति डाटा सहित)

विराटनगर,

प्रदेश १ मा फेरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा भदौं १५ गते सोमबार (आज) ५६ जना कोरोना संक्रमित पुष्टि भएको हो । पुष्टि भएका संक्रमितहरुमा सुनसरीमा २६ जना छन् यस्तै मोरंगमा १७ जना , संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ६ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ । कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ जना पुरुष, इटहरीमा १ महिलाको रिपोट पोजेटिभ आएको छ ।

त्यसैगरी, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला र ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको छ । भदौं १५ गते सोमबार थपिएका संक्रमितको संख्या सहित प्रदेश १ मा ३ हजार ३ सय ६७ जना पुगेको छ ।

प्रदेश १ बाट ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२ जना, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ जना र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा अहिले सम्म १ हजार ५ सय ८९ जना डिस्चार्ज भएको विकास मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=6rBpqawzefw&t=55s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button