
धरान,
सुनसरीमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार भदौं १५ गते सोमबार हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएका सँगै सुनसरी जिल्लामा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार बेलुका १० जना महिला ४४ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित थपिएकामा भदौं १६ गते मंगलबार (आज) बिहान थपिएका धरानका २ जना सहित सुनसरीमा ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड(१९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।
उनका अनुसार हिजो साँझ थपिएकाहरूमा इनरुवाका २६, इटहरीका २१, दुहबीका ७, र आज बिहान धरानमा थपिएका १ महिाल र १ पुरुष सहित ५६ जना कोरोना संक्रमित थपिएका हुन् । सुनसरी जिल्लामा अहिले सम्मकै यो धेरै संक्रमति पहिलो पटक देखिएको हो । सुनसरीमा हाल सम्म कोरोना सङ्क्रमितको संख्या ७ सय ६२ पुगेको छ भने ३ सय ५० जना डिस्चार्ज भएका छन् ।
https://www.youtube.com/watch?v=MaTqtBQGIQw&t=48s